ad ad

राजनीति


बागमती प्रदेशको भौतिक पूर्वाधारमन्त्रीमा फुँयाल, आजै शपथग्रहण

बागमती प्रदेशको भौतिक पूर्वाधारमन्त्रीमा फुँयाल, आजै शपथग्रहण

नेपालखबर
माघ २९, २०७६ बुधबार ५:४२,

बागमती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौँका रामेश्वर फुँयाल नियुक्त भएका छन्।

उनलाई मुख्यमन्त्री डोरमणि पौडेलले हिजो भौतिक पूर्वाधार विकासमन्त्रीका रुपमा नियुक्त गरेको र बुधबार शपथग्रहण गराइने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।

यसअघि संविधानसभा सदस्यसमेत रहेका फुँयाल लामो राजनीतिक यात्रापछि पहिलोपटक मन्त्री बन्न लागेका हुन्। तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री पौडेलले बर्खास्त गरेपछि रिक्त रहेको मन्त्रालयको काम मुख्यमन्त्री पौडेल आफैँले सम्हाल्दै आएका थियो।

बागमती प्रदेशको स्थायी राजधानी र नामाकरणपछि फुँयाल मन्त्री बन्ने चर्चा निकै चलेको थियो। बागमती प्रदेशका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रमुख सचेतक रहेका फुयाँल गाविस अध्यक्ष, जिल्ला विकास समितिको उपसभापति, संविधानसभा सदस्य, प्रदेशसभा सदस्य हुँदै मन्त्री बन्न लागेका हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .