नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी र आदिवासी जनजाति विभागमा सदस्यहरू मनोनीत गरेका छन्।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल नेतृत्वको सहकारी विभागमा देउवाले १० जना सदस्य मनोनीत गरेका छन्।
केन्द्रीय सदस्य दिलमान पाख्रिन प्रमुख रहेको आदिवासी जनजाति विभागमा पनि देउवाले १० जना सदस्य शुक्रबार मनोनीत गरेका छन्।
नगेन्द्रकुमार कुमाल, रेशमबहादुर गुरुङ, आनन्दसन्तोषी राई, आङपासाङ शेर्पा, चन्द्रकुमार आङ्दम्वे, सलामसिंह तामाङ, थममाया छन्त्याल, रमेश जिमी, धनबहादुर श्रेष्ठ र कृष्ण घिसिङलाई सभापति देउवाले सदस्य मनोनीत गरेका हुन्।
कांग्रेस विधानअनुसार महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गरिसक्नुपर्छ। कांग्रेसको १४ औँ महाधिवेशन २०७८ मंसिरमा भएको थियो।
63
Shares
प्रतिक्रिया