संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक शुक्रबार दिउँसो सवा १ बजे बस्दैछ।
बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची छ।
त्यस्तै, राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा उपाध्यक्षको पदबाट दिएको राजीनामासम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची पनि छ।
बैठकमा संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पनि राख्ने भएका छन्।
18
Shares
प्रतिक्रिया