ad ad

राजनीति


सभापतिलेजस्तै मिलनले पनि आलोचना खेप्न बाँकी छ : तोसिमा कार्की

सभापतिलेजस्तै मिलनले पनि आलोचना खेप्न बाँकी छ : तोसिमा कार्की

नेपालखबर
चैत १७, २०८० शनिबार १३:५७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले इलाम क्षेत्र नम्बर २ मा आफ्नो पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बूलाई आइपर्नसक्ने आलोचना खेप्न तयार हुन आग्रह गरेकी छिन्। 

शनिबार लिम्बूको औपचारिक उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै इलामले चिनेको र समस्याका बारेमा जानकारी लिएको पात्रको रुपमा लिम्बूलाई अघि सारिएको बताइन्। 

‘मिलनजीलाई अवसरसँगै चुनौती पनि छ। हाम्रो पार्टीको सभापतिले जस्तै आलोचना उहाँले पनि कुन समयमा खेप्नुपरेको छ। त्यसका लागि तयार हुनुहोला,’ उनले भनिन्। 

पार्टीले इलाममा घण्टी बजाइसकेको भन्दै उनले मिलनलाई स्थानीयले पनि बुझ्नुपर्ने बताइन्। 

‘जसले यो ठाउँ चिनेको छ। यहाँको चियाको पत्ता टिपेर पिएको छ। यो ठाउँले त्यस्तो व्यक्तिलाई पक्कै पनि चिन्छ,’ उनले भनिन्, ‘मिलन लिम्बूले यो ठाउँको समस्यालाई खोज्नुभएको छ, लेख्नुभएको छ। उहाँले यो ठाउँलाई पक्कैपनि न्याय गर्नुपर्नेछ।’

रास्वपाको सबै नेतृत्वलाई लिम्बूलाई विश्वास गरेको भन्दै उनले पनि पार्टीलाई न्याय गर्नेमा विश्वास राखेको बताइन्। 

‘रास्वपाले साथ दिइरहेको बेलामा उहाँले पनि पार्टीलाई न्याय गर्नुहुन्छ भन्ने आशा छ। उहाँलाई अवसर सँगसँगै चुनौती खेप्नुपरेको छ,’ उनले भनिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .