युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पहिचानको आन्दोलनमा इलामले अर्को एउटा इँटा थपेको बताएका छन्। इलाम–२ का उम्मेदवारको औपचारिक घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै शनिबार उनले यस्तो बताएका हुन्।
‘अर्जुनले धनुष चलाउन किरातीहरूसँग सिकेको भन्ने मान्यता छ। यो देवभूमिमा हामी आएका छौं। इलामको जनताले पनि मिलनलाई अनुमोदन गरिदिन अनुरोध गर्छु,’ उनले भने।
रास्वपाको निलो क्रान्तिमा स्थानीय मिलन लिम्बू पनि थपिएको भन्दै उनको कोसिसलाई अनुमोदन गर्न आग्रह गरे।
उनले मिलनको पक्षमा नारा समेत लगाए। ‘इलाम–२ ले के भन्छ? मिलन लिम्बू ले भन्छ’ भन्दै नारा लगाएका थिए।
द्वापर युगका अर्जुनलाई किराँतीले धनुष सिकाएका थिए pic.twitter.com/7gl2GV2YLk— Nepalkhabar (@nepalkhabar) March 30, 2024इतिहासमा रुचि राख्छु भन्दै खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले भने–
660
Shares
प्रतिक्रिया