प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुने भएको छ।
उनीहरूबीच शनिबार अपरान्ह साढे ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता हुन लागेको हो।
शान्ति प्रक्रिया टुंगोमा पुर्याउने र संवैधानिक परिषद्का विभिन्न विषयमा छलफल गर्नका लागि तीन नेताबीच भेट हुन लागेको स्रोतले बताएको छ।
यसैबीच प्रधानमन्त्री प्रचण्डले आइतबार (भोलि) संवैधानिक परिष्दको बैठक बोलाएका छन्।
567
Shares
प्रतिक्रिया