प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेटले देशमा नयाँ रक्तसञ्चार गर्ने दाबी गरेका छन्।
रिपोर्टस क्लबको २६ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले आफ्नो सम्पूर्ण शक्ति र तागत बजेटकै तयारीमा लागेको बताए।
‘बजेट निर्माणको प्रक्रियामा पनि फेरबदल ल्याएर जनता र राष्ट्रको बीचमा केन्द्रीत गर्ने, विगतमा जसरी संघ,प्रदेश र स्थानीय तहको बीचमा आयोजना छनोट गर्ने, वर्गीकरण गर्ने कुरामा जुन अराजकता देखा परेको छ त्यसको अन्त्य गर्ने, उनले भने।
साथै, उनले ३ करोडभन्दा तलको बजेटमा संघले हात नहाल्नेगरी काम भइरहेको पनि बताए।
‘सानो आयोजना प्रदेश र स्थानीय तहलाई दिने ३ करोडभन्दा तलमा संघले हात नहाल्नेगरी र उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्नेगरी यो पटक नयाँ तरिकाले बजेट तयारी गरिँदैछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो पटक नीति कार्यक्रम र बजेटले राष्ट्रको अगाडि नयाँ रक्तसञ्चार गर्दैछ। म सम्पूर्ण शक्ति र तागतका साथ त्यसैको तयारीमा लागेको छु।’
Shares
प्रतिक्रिया