प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई आगामी निर्वाचनमा बहुमत ल्याउन सक्ने पार्टीको रुपमा स्थापित गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।
मंगलादेवी सिंह फाउन्डेसनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा बहुमत ल्याउन सक्ने पार्टीको रूपमा स्थापित गर्नुपर्ने बताएका हुन्।
उनले भने, ‘हाम्रो पार्टी सबैभन्दा ठूलो पार्टी छ। तर बहुमत प्राप्त गरेको छैन। बहुमत प्राप्त गर्न सजिलो पनि छैन। अहिलको बेला समावेशी, समानुपातिक आधारमा सबैलाई प्रतिनिधित्व गर्ने हिसाबले बहुमत आउन गाह्रो छ। तर पनि अहिले हाम्रो पार्टी ठूलो पार्टी छ। भोलि बहुमत ल्याउन सक्ने पार्टीको रूपमा स्थापित गर्नुपर्छ।’
उनले समावेशी, समानुपातिक र महिला हक, अधिकारको दृृष्टिले नेपालको संविधान विश्वकै एक उत्कृष्ट दस्तावेजको रूपमा रहेको दाबीसमेत गरे।
सभापति देउवाले कांग्रेसले पनि संविधानअनुसार महिला लगायतका सबै समुदायको प्रतिनिधित्वलाई सुनिश्चित गराउने काम गरेको जिकिर पनि गरे।
Shares
प्रतिक्रिया