जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अहिलेको संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधक रहेको बताएका छन्।
मंगलवार काठमाडौंमा समाजवादी मोर्चाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिलेको संविधान समाजवादउन्मुख लेखिएको भएपनि संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधक रहेको जिकिर गरे।
उनले अहिलेको शासकीय स्वरुपबाट समाजवाद सम्भव नरहेको बताए। उनले अहिलेको तमासाबाट समाजवाद आउनेवाला नरहेको बताए।
उनले भने, ‘अहिलेको संविधान समाजवादउन्मुख लेखिएको भएपनि अहिलेको संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधक छ। पूरै बाधक छ। यसलाई संशोधन गरौँ। अहिलेको शासकीय स्वरुपबाट समाजवाद हुनै सक्दैन।’
उनले समाजवादका लागि शासकीय प्रणाली, निर्वाचन प्रणाली बदल्न आवश्यक रहेको बताए। उनले संविधान परिवर्तन नगरीकन समाजवादउन्मुख लेखेर मात्रै उन्मुख नहुने बताए। उनले नेपालको संघीयता संघीयता जस्तो मात्रै भएको तर कुरुप रहेको बताए।
उनले भने, ‘संविधान परिवर्तन नगरीकन उन्मुख लेखेर मात्रै उन्मुख हुँदैन। संविधानमा समाजवादउन्मुख छ, हाम्रो यात्रा पुँजीवादीतिर उन्मुख छ। अहिलेको नेपालको संघीयता भनेको संघीयता जस्तो भएको छ, तर कुरुप नै अपांग भएको छ।’
अध्यक्ष यादवले सामाजिक न्याय बिना समानतामा आधारित न्याय बन्न नसक्ने जिकिर गरे। उनले पुँजीवादी लोकतन्त्रको विकल्प समाजवादी लोकतन्त्र नै रहेको बताए।
प्रतिक्रिया