फागुन २१ गते बनेको सत्ता गठबन्धनको भागबन्डा बमोजिम मुख्यमन्त्री राजकुमार शर्माले सत्ता हस्तान्तरण गर्न तयार नभएपछि कर्णालीमा राजनीतिक संकट गहिरिएको छ।
मुख्यमन्त्री शर्माले विश्वासको मत लिने वा राजीनामा दिएर नेकपा एमालेलाई सत्ताको नेतृत्व हस्तान्तरण गर्ने विषयमा कुरा नमिलेको हो।
दलहरूबीच कुरा मिल्न नसकेपछि विश्वासको मतका लागि डाकिएको प्रदेश सभा बैठक बुधबार दिउँसोसम्मलाई स्थगित गरिएको छ।
प्रदेशसभा बैठक स्थगितसँगै अहिले नेकपा एमाले र नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बसिरहेको छ।
अपरान्ह ४ बजेदेखि मुख्यमन्त्री राजकुमार शर्माकाे सरकारी निवासमा माओवादी संसदीय दलकाे बैठक बसिरहेको छ।
उता सत्ताको नेतृत्व लिन तम्तयार नेकपा एमाले संसदीय दलको बैठक पनि बसिरहेको छ। एमाले दलको बैठक अपरान्ह ५ बजेदेखि बसिरहेको छ।
दुवै दलले यी बैठकमार्फत भावी रणनीति तय गर्ने भएका छन्।
Shares
प्रतिक्रिया