ad ad

राजनीति


राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २८ गते

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २८ गते

नेपालखबर
चैत २१, २०८० बुधबार १५:३, काठमाडौँ

राष्ट्रियसभामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन आगामी चैत २८ गते हुने भएको छ।

राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले बुधबार बसेको बैठकमा यही चैत २८ गते उपाध्यक्ष पदको निर्वाचन मिति तोकेका हुन्। 

निर्वाचनको कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गर्न संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई उनले निर्देशन दिएका छन्।

राष्ट्रिय सभाकी तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले चैत १५ गते राजीनामा दिएकी थिइन्। 

नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभाको अध्यक्षकी दाबेदार उनी दाहाललाई जिम्मेवारी दिइएसँगै असन्तुष्ट थिइन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभाको अध्यक्ष भाइ नारायण दाहालालई बनाएका थिए। 

दाहाल गत फागुन २९ गते भएको निर्वाचनबाट राष्ट्रिय सभाको अध्यक्ष भइसकेका छन्। त्यसअघि फागुन २० गतेसम्म एमालेबाट गणेशप्रसाद तिमल्सिना राष्ट्रिय सभाको अध्यक्ष थिए। 

अर्याल २०७९ माघ २३ गते राष्ट्रियसभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन्। राष्ट्रियसभा उपाध्यक्षका लागि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रसहितको सत्ता गठबन्धनबाट अर्यालको मात्रै उम्मेदवारी परेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .