ad ad

राजनीति


कर्णालीमा नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान

कर्णालीमा नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान

फाइल तस्बिर


नेपालखबर
चैत २१, २०८० बुधबार १८:३३, सुर्खेत

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दावी पेश गर्न दलहरूलाई आह्वान गरेका छन्। 

उनले बुधबार एक विज्ञप्ति जारी गर्दै दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा सरकार बनाउन आह्वान गरेका हुन्। 

बुधबार कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख परियारले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका हुन्। 

उनले नयाँ सरकारका लागि बहुमतसहित पेश गर्ने समय चैत २७ गते दिउँसो ५:५० बजेसम्मलाई तोकेका छन्। 

गत फागुन २१ गते केन्द्रीय सत्ता समिकरण बदलिएसँगै कर्णाली प्रदेश सरकार एमालेको भागमा परेको थियो।

त्यसपछि मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनअनुसार मुख्यमन्त्री शर्माले प्रदेश सभामा सम्बोन्धन गर्दै पदबाट राजीनामा दिएका हुन्।

अब उनको राजीनामासँगै एमाले संसदीय दलका नेता यामलाल कँडेल कर्णाली प्रदेशको मुख्यमन्त्री हुने करिब निश्चित भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .