ad ad

राजनीति


आफैँलाई अध्यक्ष दाबी गर्दै रेशमले बोलाए प्रदेश र संघीय सांसदको बैठक

आफैँलाई अध्यक्ष दाबी गर्दै रेशमले बोलाए प्रदेश र संघीय सांसदको बैठक

फाइल तस्बिर


नेपालखबर
चैत २२, २०८० बिहिबार १०:२२, काठमाडौँ

पार्टीमा विवाद चुलिँदै जाँदा रेशमलाल चौधरीले नागरिक उन्मुक्ति पार्टीका सांसदकाे बैठक बोलाएका छन्। उनले नाउपाका प्रतिनिधि सभा र प्रदेश सभाका सांसदको आकस्मिक बैठक बोलाएका हुन्। 

काठमाडौँको अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बस्नेगरी चौधरीले बैठक बोलाएका हुन्। बैठकका लागि सबै सांसदलाई चौधरीले उपस्थित हुन आग्रह गरेका छन्। चौधरीकै हस्ताक्षरमा जारी सूचनामा सांसदहरुलाई उपस्थित हुन भनिएको छ। 

निर्वाचन आयोगले नाउपाको अध्यक्षमा चौधरीलाई मान्यता नदिएर रञ्जिता श्रेष्ठलाई फर्काएकाे छ। तर, रेशमले नाउपाको अध्यक्षको हैसियतामा सांसदहरुलाई बैठकमा बोलाएका हुन्।

पूर्वमन्त्री समेत रहेकी रञ्जिता चौधरीकी पत्नी हुन्। उनीहरुबीचको विवादले नाउपा फुटको संघारमा पुगेको छ। 

२१ फागुनमा सत्ता समिकरण फेरबदलसँगै निर्वाचन आयोयले अध्यक्षमा रेशमलाई नमानेर रञ्जितालाई फर्काइदिएपछि गठबन्धनका विषयमा नाउपाभित्र रेशम र रञ्जिताबीच तीव्र मतभेद छ। 

रञ्जिता नयाँ सत्ता गठबन्धनलाई सघाउने पक्षमा छिन्। कांग्रेसलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई रञ्जिताले दिएको लिखित निर्देशन कार्यान्वयन नै भएको छैन। 

रेशम कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने पक्षमा छन्। श्रीमान् श्रीमतीबीचको विवादले नाउपा फुटको डिलमा पुगेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .