उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ।
बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालय ललितपुरको बालकुमारीमा सुरु भएको बैठकमा समानुपातिक सांसद चयनका विषयमा छलफल हुने बताइएको छ।
पार्टीका केन्द्रीय प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा जसपाले नयाँ सांसदको नाम सिफारिस गर्ने जानकारी दिए।
बैठकमा आगामी वैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनका साथै पार्टीको राष्ट्रिय महाधिवेशनलगायत विषयमा पनि छलफल हुने उनले बताएका छन्।
60
Shares
प्रतिक्रिया