कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आगामी वैशाख १५ गते हुन लागेको इलाम क्षेत्र नं. २ को उपनिर्वाचनमा गणेशबहादुर चौहानलाई उमेदवार बनाउने निर्णय गरेको छ।
राप्रपा नेपालका प्रवक्ता बसन्तबहादुर अधिकारीले शुक्रबार एक वक्तव्य निकालेर इलाम २ को टिकट चौहानलाई दिने निर्णय भएको बताएका छन्।
तर बझाङ १ प्रदेश सभा १ मा भने राप्रपा नेपालले उम्मेदवारी नदिने भएको छ।
अधिकारीका अनुसार प्रदेश संरचना खारेजीको माग राखेर आन्दोलनमा रहेकाले बझाङ प्रदेश सभाको उपनिर्वाचनमा उमेदवार खडा नगर्ने निर्णय भएको हो।
54
Shares
प्रतिक्रिया