ad ad

राजनीति


रास्वपाको चेतावनी– कुन सहकारीबाट पैसा झिकेर चुनाव जित्नुभयो, खोज्न नपरोस्

रास्वपाको चेतावनी– कुन सहकारीबाट पैसा झिकेर चुनाव जित्नुभयो, खोज्न नपरोस्

नेपालखबर
चैत २४, २०८० शनिबार १५:३, काठमाडौँ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले सहकारी ठगी प्रकरणमा रास्वपालक्षित टिप्पणी गर्ने सांसदहरुको अनियमितताको बारेमा खोज्न बाध्य नबनाउन चेतावनी दिएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आजसम्म सहकारीको समस्या समाधानका लागि कुनैपनि राजनीतिक दलले केही पहल नगरेको दाबी गरे। 

राष्ट्रिय स्वतन्त्र पार्टी इक्वेल सहकारी भन्दै हिँड्ने सांसहरुप्रति लक्षित गर्दै कुन सहकारीबाट पैसा झिकेर गाडी, जग्गा किनेको र चुनाव जितेको छ भन्नेकुरा खोज्न नपरोस् भन्दै चेतावनी समेत दिए। 

‘आजसम्म यो देशमा सहकारीको समस्या समाधानका लागि कुन चाहीँ राजनीतिक दलले के ग¥यो? कुन चाहीँ राजनीतिक दलले आज सदनमा समाधानको उपाय बोल्यो? होइन, रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी। राष्ट्रिय स्वतन्त्र पार्टी इक्वेल सहकारी। तपाईंहरू जसले जसले सहकारीको बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुप्रति कुरा गरिरहनुभएको छ,’ उनले भने, ‘एक पटक घरमा गएर आफ्नो लकर खोलेर हेर्नुस्, कति वटा सहकारीको खाता तपाईंसँग छ। ती सहकारीको अवस्था के छ र तपाईले के गर्नुभयो आजसम्म? ती सहकारीलाई प्रयोग गरेर। हामीले खोज्न नपरेस्। हामीले अब पैसा तिर्नुपर्दैन। हाम्रा साथीहरुले त्यसै खोज्छन्, तपाईंहरु कुन कुन सहकारीमा हुनुहुन्छ, कुनकुन सहकारीमा अनियमितता गर्नुभयो, कुनकुन सहकारीको पैसा निकालेर जग्गा, गाडी किन्नुभयो,  चुनाव जित्नुभयो, त्यो विषयमा हेर्न नपरोस्।’

अनियमितताको बारेमा खोज्न रास्वपाले पैसा दिएर खटाइरहनु नपर्ने बताएका मन्त्री अर्यालले पार्टीले अहिलेसम्म नखोजेको जिकिर गर्दै खोज्नुपरेको दिन सबै अनियमितताको भण्डाफोर गर्ने समेत बताए। 

‘हाम्रा साथीहरु तपाईंहरुले जस्तो पैसा तिरेर राख्नुपर्दैन। देशभरबाट तपाईंहरुको बारेमा नखोजेको मात्रै। तपाईंहरू इमान्दारी हुनुओस् भनेर मात्रै बसिरहेको हो, हेरिरहेको हो। त्यसकारण मैले ति साथीहरुलाई, ति सांसदज्युहरुलाई, ति नेतृत्वलाई विनम्र अनुरोध छ। हामी सहकारीको समस्या समाधानको लागि काम गरौँ। सहकारी पीडितको पैसा फिर्ता गर्नेतिर सोच्ने की मान्छेलाई जेलमा कोचेर उनीहरुको पैसा फिर्ता नगर्नेतिर जाने हो,’ उनले भने। 

श्रममन्त्री अर्यालले सहकारी संस्थाका सञ्चालकहरुलाई, लगानी कर्तालाई वचत कर्तालाई कसरी रकम फिर्ता गर्नुहुन्छ भनेर सोध्न आवश्यक रहेको पनि सम्बोधनको क्रममा बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .