इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसका उम्मेदवारी डम्बर खड्काले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बाजागाजासहित पुगेका खड्काले उम्मेदवारी दर्ता गराएका हुन्।।
आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका आज निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय दिएको थियो।
सोही अनुसार उम्मेदवारहरूले मनोनयन दर्ता गराइरहेका छन्।
खड्का यसअघि पनि सोही क्षेत्रबाट पराजित भएका थिए। नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङसँग झिनो मतान्तरले खड्का पराजित भएका थिए।
खड्कासँगै सो क्षेत्रको उम्मेदवार बन्नका लागि संस्थापन इतर पक्षका नेता भेषराज आचार्य आकांक्षी थिए। तर, सभापति शेरबहादुर देउवाले खड्कालाई नै टिकट दिए।
शनिबार मनोनयनमा पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्मा पनि पुगेका थिए।
यहाँ एमालेका सुहाङ नेम्वाङ, नेकपा एकीकृत समाजवादीका जीतबहादुर राई, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं लिम्बु थेगिम लगायतले उम्मेदवारी दर्ता गराइसकेका छन्।
जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का श्यामबहादुर दर्जीले पनि उम्मेदवारी दर्ता गराइसकेका छन्।
Shares
प्रतिक्रिया