ad ad

राजनीति


इलाम–२ मा जनताले जिताउनेमा विश्वस्त छु : डम्बर खड्का

इलाम–२ मा जनताले जिताउनेमा विश्वस्त छु : डम्बर खड्का

नेपालखबर
चैत २४, २०८० शनिबार १८:१०, काठमाडौँ

नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काल इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफूलाई जनताले निर्वाचित गर्नेमा विश्वस्त रहेको बताएका छन्। 

शनिबार उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै खड्काले यस्तो बताएका हुन्। खड्काले आफूले इलाममा गरेको सामाजिक कार्यहरु हेरेर भोट दिन पनि मतदातासमक्ष आग्रह गरेका छन्। 

आफूले नेपाली काँग्रेसमा २०३९ सालदेखि काम गरिरहेकाले पनि भोट दिएर जिताउन उनको आग्रह थियो। गठबन्धन ठूलो कुरा नभएको समेत उनको भनाइ थियो। 

उपनिर्वाचनका लागि नेकपा एमाले, नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायत पार्टीका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। 

नेकपा एमालेबाट सुहाङ नेम्वाङ, नेपाली काँग्रेसबाट डम्बर खड्का, नेकपा (एकीकृत समाजवादी) बाट जितबहादुर राई, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेश्नल अर्गनाइजेशनका मनेबहादुर लिम्बूले उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू, अर्का स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले उम्मेदवारी दर्ता गरेका छन्। 

इलाम–२ बाट निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .