सुनसरीको चतराधाममा १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला सुरु भएको छ।
चतराधामस्थित जगदगुरु पीठमा निर्माण भएको मुख्य पण्डालमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पानसमा बत्ती बालेर कुम्भ मेलाको उद्घाटन गरेका छन्।
बराहक्षेत्र नगरपालिका–१ चतराधामस्थित मङ्गलबार ‘बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला’मा मन्तव्य राख्दै पौडेलले नेपाल धर्म संस्कृतिमा धनी रहेको बताए।
राष्ट्रपति पौडेल बिहान ११ बजे हेलिकोप्टरमार्फत चतरा पुगेका हुन्। उनलाई त्यहाँ स्थानीय जनप्रतिनिधि र आयोजसहिततले स्वागत गरेका थिए।
कुम्भमेलाका अवसरमा जगदगुरु पीठले सोमबार नै कलश यात्रा निकालेको थियो। त्यही अवसरमा मंगलबार बिहान ५:३० बजे रामानन्दाचार्य सेवा पीठले शोभायात्रा निकालेको हो। पीठले कलशयात्राबाट नगरपरिक्रमा गर्दै कुम्भका औपचारिक कार्यक्रम प्रारम्भ गरेको थियो।
रामानन्दाचार्य सेवा पीठले नवरात्र अनुष्ठानअन्तर्गत मंगलबारदेखि रामचरित मानस नवपाठ परायण, वाल्मीकि रामायण पाठ, दुर्गासप्तसती चण्डी पाठ, राम पन्चाङ्ग, चन्द्रकला सखीबाट राम कथा वाचनलगायतका कार्यक्रम सुरु गरेको छ।
कार्यतालिका
१. श्री आदर्श मा.वि.को प्राङ्गणमा हेलिकप्टरमार्फत् सम्माननीय राष्ट्रपतिको अवतरण बिहान ११ बजे।
२. सम्माननीय राष्ट्रपतिमा उच्च पदस्थ अधिकारी एवम् लब्धप्रतिष्ठित व्यक्तित्वहरुद्वारा सम्मान अर्पण ११ बजेदेखि ११:०५ बजेसम्म।
३. गाडीबाट श्रीराधासर्वेश्वर मन्दिरको गेटसम्म यात्रा ११:०५ बजेदेखि ११:१० बजेसम्म।
४. पञ्चकन्याद्वारा सम्माननीय राष्ट्रपतिमा माल्यार्पण एवम् कुम्भमेला मूल आयोजक समारोह समितिका सहअध्यक्ष तथा वराहक्षेत्र नगरपालिकाका नगरप्रमुखद्वारा स्वागत सम्मान अर्पण ११:१० देखि ११:१५ सम्म।
५. पैदल यात्राद्वारा श्रीराधासर्वेश्वर मन्दिर प्रवेश ११:१५ बजेदेखि ११:२० बजेसम्म।
६. श्रीराधासर्वेश्वर मन्दिरमा पूजा अर्चना ११:२० बजेदेखि ११:२५ बजेसम्म।
७. श्रीराधासर्वेश्वर मन्दिरबाट जगद्गुरुपीठको मूलद्वारमा फिर्ती सवारी ११:२५ बजदेखि ११:२७ बजेसम्म।
८. जगद्गुरु पीठको मूलद्वारमा रहेको राष्ट्रिय झण्डाको सम्माननीय राष्ट्रपतिद्वारा झण्डोत्तोलन - ११:२७ बजेदेखि ११:३० बजेसम्म।
९. आचार्य श्रीखेमराज केशवशरण स्मृति भवन व्यानर अनावरण गरी समुद्घाटन ११:३० बजेदेखि ११:३३ बजेसम्म।
१०. गाडीद्वारा कुम्भस्थल प्रवेश र पञ्चकुण्डको परिक्रमा तथा पूजा अर्चना -११:३३ बजेदेखि ११:३५ बजेसम्म।
११. सम्माननीय राष्ट्रपतिको पूर्णमहाकुम्भमेलाको भव्य मञ्चमा प्रवेश ११:३५ बजेदेखि ११:३८ बजेसम्म।
१२. नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगद्गुरु अनन्त श्री विभूषित वालसन्त मोहनशरण देवाचार्य महाराजश्रीबाट स्वागत सम्मान ११:३८ बजेदेखि ११:४० बजेसम्म।
१३. महाकुम्भ मेलाको समुद्घाटन समारोहको औपचारिक कार्यक्रम प्रारम्भ ११:४० बजेदेखि ११:४२ बजेसम्म।
१४. राष्ट्रिय गानमा सरिक ११:४२ बजेदेखि ११:४५ बजेसम्म।
१५. पिण्डेश्वर पूर्ण महाकुम्भमेला मूल आयोजक समारोह समितिका सहअध्यक्ष एवम् वराहक्षेत्र न.पा.का नगरप्रमुख श्री रमेश कार्कीज्यूबाट स्वागत मन्तव्य ११:४५ बजेदेखि ११:५० बजेसम्म।
१६. सम्माननीय राष्ट्रपतिज्यूबाट पूर्णमहाकुम्भ मेलाको पानसमा दीपप्रज्ज्वलन गरी समुद्घाटन ११:५० बजेदेखि ११:५५ बजेसम्म।
१७. कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीज्यूबाट शुभकामना मन्तव्य ११:५५ बजेदेखि १२:०० बजेसम्म १७. माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङबाट शुभकामना मन्तव्य १२:०० बजेदेखि १२:०५ बजेसम्म।
१८. सम्माननीय राष्ट्रपतिबाट महाकुम्भ मेलाको सफलताका निम्ति शुभकामना मन्तव्य -१२:०५ बजेदेखि १२:१५ बजेसम्म।
१९. सम्माननीय राष्ट्रपतिमा नागरिकका तर्फबाट अभिनन्दन-पत्रद्वारा बजेदेखि १२:१८ बजेसम्म नागरिक अभिनन्दन -१२-१५
२०. कुम्भमेलाका अन्वेषक नेपाल राष्ट्रका ऐतिहासिक प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीवाट आशीर्वचन एवम् समुद्घाटन समारोहको सभा विसर्जन -१२:१८ देखि १२:३० सम्म।
Shares
प्रतिक्रिया