प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो पार्टीले कोहीसँग पनि पूर्वाग्रह राखेर राजनीति नगर्ने दाबी गरेको छ।
बुधबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै कांग्रेस सांसद रामहरि खतिवडाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि निष्पक्ष समिति बनाउन माग गरे।
‘विभिन्न बाहनामा प्रतिपक्षले संसद् अवरोध गर्यो भन्ने होइन, संसदीय पद्धतिलाई बलियो बनाउन हामी लाग्छौँ,’ खतिवडाले भने, ‘सरकारको नियतमाथि हामीलाई शंका छ, तुरुन्तै छानबिन समिति बनाओस्।’
कांग्रेसले गत फागुन २४ देखि सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राख्दै आएको छ।
‘गोर्खा मिडिया नेटवर्कमा पैसा लानेलाई दण्ड हुन्छ कि न्याय हुन्छ? यो फैसला गर्ने ठाउँ कहाँ हो?’, उनले भने, ‘फैसला सुनाउने अधिकार सरकारलाई छैन।’
99
Shares
प्रतिक्रिया