ad ad

राजनीति


एमाले-माओवादी मागअनुसार कोसीमा बोलाइयो प्रदेशसभाको विशेष अधिवेशन

एमाले-माओवादी मागअनुसार कोसीमा बोलाइयो प्रदेशसभाको विशेष अधिवेशन

फाइल तस्बिर


नेपालखबर
चैत २८, २०८० बुधबार १६:४०, काठमाडौँ

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बहुमत प्रदेश सभा सदस्यहरूको मागअनुसार कोसी प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको छ।

प्रदेश प्रमुख परशुराम खापुङले आगामी वैशाख ६ गतेका लागि विशेष अधिवेशन बोलाएका हुन्। संविधानमा प्रदेशसभाका एकचौथाइभन्दा बढी प्रदेशसभा सदस्यहरूले निवेदन दिए विषेश अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ।

‘कोसी प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एकचौथाइभन्दा बढी प्रदेशसभा सदस्यहरूको चैत २६ गतेको लिखित अनुरोधमा माननीय प्रदेश प्रमुख पर्शुराम खापुङज्यूले नेपालको संविधानको धारा १८३ को उपधारा ९३० बमोजिम संवत् २०८१ वैशाख ६ गते बिहीबार दिनको १ बजे कोसी प्रदेशसभा हल, विराटनगरमा कोशी प्रदेशसभाको अधिवेशन आव्हान गर्नुभएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले भनेका छन्। 

गत असोज २७ गते मुख्यमन्त्री बनेका केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन एमाले र माओवादीले यसअघि नै फिर्ता लिइसकेका छन्।

त्यसपछि एमाले र माओवादीका ५२ सांसदहरूले सरकार र सम्बन्धित पदाधिकारीलाई विषेश निर्देशन दिनुपर्ने आवश्यकता रहेको भन्दै प्रदेशसभाको विषेश अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई निवेदन दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .