ad ad

राजनीति


राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेले लिइन् शपथ

राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेले लिइन् शपथ

तस्बिर : रासस


नेपालखबर
चैत २८, २०८० बुधबार १९:७, काठमाडौँ

राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले पद तथा गोपनीयताको शपथ लिएकी छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार आयोजित एक समारोहबीच राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उपाध्यक्ष घिमिरेले पद तथा गोपनीयताको शपथ लिएकी हुन्। त्यसक्रममा राष्ट्रपति रामचन्द्र पौडेल पनि उपस्थित थिए। 
      
राष्ट्रियसभा नियमावली, २०७५ को नियम २१७ ‘क’को अनुसूची २ बमोजिम उपाध्यक्ष घिमिरेले राष्ट्रियसभाको उपाध्यक्ष पदको शपथ लिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, उच्च सरकारी अधिकारीलगायत उपस्थित थिए।

राष्ट्रियसभाको आजको बैठकमा उपाध्यक्ष पदको मत विभाजनका माध्यमबाट सम्पन्न निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद विमला घिमिरे निर्वाचित भएकी हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .