प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटघाट भएको छ।
उनीहरूबीचको भेट केहीबेरअघि सकिएको र प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद् बैठकमा प्रवेश गरेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले नेपालखबरलाई जानकारी दिए।
मन्त्रिपरिषद् बैठक अहिले बसिरहेको छ।
संसदमा लगातारको कांग्रेसको अवरोधका कारण सरकारले केही महत्त्वपूर्ण विधेयक अगाडि बढाउन सकेको छैन। त्यसैले हिउँदे अधिवेशन अन्त्य गर्ने विषयमा पनि सत्ता गठबन्धनमा छलफल भइरहेको छ।
1.2k
Shares
प्रतिक्रिया