प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले सरकारले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न नसकेको बताएका छन्।
स्वास्थ्य र शिक्षालाई संविधानमा मौलिक हकको रुपमा व्यवस्था गरेपनि सरकारले सो अनुसार काम गर्न नसकेको सांसद ढुंगानाको आरोप थियो।
शुक्रवार राष्ट्रिय सभा बैठकमा पेश गरिएको ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिता सम्बन्धि’ संकल्प प्रश्तावमाथिको छलफलमा भाग लिँदै उनले गरिव जनतासँग स्वास्थ्य बीमा गर्ने अवस्था नभएकाले त्यसतर्फ पनि सरकारले सोच्नुपर्ने आवश्यकता औंल्याए। सांसद ढुंगानाले सरकारी अस्पतालमा स्रोत, साधन र जनशक्तिको अभावका कारण कामै गर्न नसक्ने अवस्थामा पुग्दा पनि सरकार गम्भीर नभएको जिकिर पनि गरे।
उनले भने,‘अहिले हामी के भन्छौं भने स्वास्थ्य बीमा गराएका छौं ७७ वटै जिल्लामा। स्वास्थ्य बीमा ३ करोड नेपाली जनतामा कतिले गराएका रहेछन् भनेर मैल डाटा हेर्दैगर्दा ८० लाखले स्वास्थ्य बीमा गराएका रहेछन्। त्यसको नवीरकण गर्ने १७ प्रतिशत मात्रै रहेछन्।’
उनले थपे, ‘दूरदराजको त्यो दलित, जनजाति, त्यो मधेशी, त्यो महिला, जसले विमा गराउनु पर्छ भन्ने कुरा बुझेकै छैन। र त्यो स्वास्थ्य बीमा गराउनका लागि पैसा पनि छैन। अनि त्यसले कहाँबाट स्वास्थ्य बीमा गराउँछ? सरकारी अस्पतालमा स्रोत र साधन नै छैन।’
सांसद ढुंगानाले सबै पालिकामा सरकारी अस्पताल बनाउने कुरा घोषणा गरेपनि बजेट नभएका कारण अघि बढ्न नसकेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराए।
Shares
प्रतिक्रिया