राष्ट्रपति रामचन्द्र पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन्।
शुक्रबार राष्ट्रपतिले सो विधेयक प्रमाणीकरण गरेका हुन्।
राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ।
प्रतिक्रिया