नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ।
बैठक आइतबार दिउँसो १ बजे ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।
बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५ औँ स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।
एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक यही वैशाख ८ र ९ गते ललितपुरको गोदावरीमा बस्दैछ।
30
Shares
प्रतिक्रिया