इलाम क्षेत्र न. २ प्रतिनिधि सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ८ वडा मुद्दा अगाडि सारेका छन्।
आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा उम्मेदवार खड्काले ‘इलम इलाम’ अवधारणसहित ८ वटा मुद्दा अगाडि सारेका हुन्।
उनले अभिभावक कृषि बैंक तथा बीमा, बाटोदेखि विकाससम्म, इलमी इलामेली शिक्षा, इलामेली उद्यमशीलता स्कूल र इलाम लगानी सम्मेलन २०८२ लाई मुद्दा बनाएका छन्।
यस्तै इलाम भ्रमण वर्ष २०८२, इलाम डिजिटाइजेसन २.० र प्रबुद्ध कार्यान्वयन समूह उम्मेदवार खड्को मुद्दा बनेको छ।
उम्मेवार खड्काले ‘इलम इलाम’ अवधारणाले इलाम— २ बासीको आवश्यकता, आकांक्षा, मर्म र अनुभुित आम्मसात गरेको बताएका छन्।
162
Shares
प्रतिक्रिया