राप्रपा नेपालको सहप्रवक्तामा भक्तबहादुर थापा मनोनित भएका छन्।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम काठमाडौंका थापालाई पार्टीको सह–प्रवक्ता पदमा मनोनयन गरेका राप्रपा नेपालले जनाएको छ।
थापाले २७ वर्ष गोरखापत्र संस्थानको विभिन्न प्रकाशनसँग आवद्ध भएर पत्रकारिता गरेका थिए।
केही दिनअघि अवकाश भएका थापा गोर्खापत्र संस्थानबाट प्रकाशित ‘मुना’ को सम्पादक थिए।
72
Shares
प्रतिक्रिया