नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक ललितपुरको गोदावरीमा सुरु भएको छ।
गोदावरीस्थित सनराइज सभाहलमा आयोजित परिषद् बैठकको उद्घाटनपछि अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन्।
२ दिन चल्ने परिषद् बैठकमा २ हजार ४ सयभन्दा बढी सहभागी भएको एमालेको दाबी छ।
मिसन ग्रासरुट, झुलाघाट-चिवाभञ्याङ संकल्प यात्राजस्ता ठूला र देशव्यापी अभियान सम्पन्न गरिसकेपछि एमालेले महाधिवेशनपछिको सबैभन्दा ठूलो भेला आयोना गरेको हो।
परिषद् बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ।
यसैगरी, एमालेको केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्बाट पनि प्रतिवेदन प्रस्तुत हुनेछन्।
हेर्नुहोस् लाइभ-
111
Shares
प्रतिक्रिया