नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई ‘प्रतिगमनकारी’ भनी लगाइएको आरोप झुटो साबित भएको दाबी गरेका छन्।
ललितपुरको गोदवारीमा सुरु पार्टीको महाधिवेशन प्रतिनिधि परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले उक्त दाबी गरेका हुन्।
‘कम्युनिस्ट आन्दोलनलाई विभाजित गर्ने, वामपन्थी सरकार ढाल्ने र पुँजीपति वर्गको नेतृत्वमा सरकार बनाउन निर्णायक भूमिका खेल्ने दक्षिणपन्थी अवसरवाद निकै कमजोर भयो र जनमतबाट अस्वीकृत भयो’, उनले भने, ‘हाम्रो पार्टीविरुद्ध प्रयोग गर्न खोजिएको कथित प्रतिगमनको भाष्य झुटो थियो, खण्डित भयो।’
246
Shares
प्रतिक्रिया