महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी सम्बन्धि प्रकरण नयाँ सत्ता समिकरणसँग जोडिएर आएको बताएकी छन्।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आइतवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो टिप्पणी गरेकी हुन्। पत्रकारिता पेशामा लागेर लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भएको प्रसंग कोट्याउँदै उनले गृहमन्त्री लामिछानेको विषय अहिले नयाँ सत्तासमीकरणमा पनि जोडिएर आएको बताइन्।
‘अहिले नेपाल सरकारको उपप्रधानमन्त्री माननीय गृहमन्त्री हुनुहुन्छ’ उनले भनिन्, ‘यद्यपि केही कुराहरु उहाँको विषयमा उठेको अवस्था छ। यो समीकरणको विषयमा समेत त्यो जोडिएर आएको अवस्था छ।’
पत्रकारितामा आफूले पनि ६ महिना काम गरेको उल्लेख गर्दै मन्त्री चौधरीले त्यसमा दुःख भएपनि सम्मानित पेशा भएको बताइन्। उनले पत्रकारिता पेशालाई सम्मानित बनाउन आफूले आफैँलाई माहोल बनाउँदै लैजानुपर्ने अवस्था रहेको समेत बताइन्।
मन्त्री चौधरीले नेपालको पत्रकारिता क्षेत्रलाई मर्यादित पेशाको रुपमा अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलको स्मरण समेत गरिन्।
Shares
प्रतिक्रिया