सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन कति दिन टिक्ने हो, ठेगान नभएको बताएका छन्।
सोमबार नेकपा एमालेको पार्टीको केन्द्रीय कार्यालय (च्यासल) मा आयोजित नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै गठबन्धनभित्र गडबड भइरहेको बताएका हुन्।
‘छोटो समयभित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ। कति दिनसम्म यो गठबन्धन टिकिरहने हो भन्ने प्रश्न उठेको उठ्यै छ’, उनले भने, ‘त्यसको सबै जवाफ त हाम्रो सम्माननीय प्रधानमन्त्रीज्युले दिनुहुनेछ। मैले दिन सक्दिनँ।’
पछिल्लो समय गठबन्धनभित्र आफूहरूले सहज अनुभूत नगरेको अध्यक्ष नेपालले बताए।
‘परिस्थिति सहज छैन। हामी सहज मानिरहेका छैनौँ। सहज अवस्थामा आफूलाई अनुभुत गरिरहेका छैनौं’, अध्यक्ष नेपालले भने, ‘कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि राजनीतिमा आएका होइनौँ। कसैको दास बन्ने हाम्रो नियत होइन।’
Shares
प्रतिक्रिया