कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल भ्रमणमा आउँदै छन्।
त्यसको उपलक्ष्यमा नेपाल सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। दुई दिन नेपालको राजकीय भ्रमण गर्ने थानी मंगलबार काठमाडौँ अवतरण गर्दै छन्।
यसरी विदेशी मुलुकका राष्ट्रप्रमुख आउँदा बिदा दिने चलन पुरानो भएको भन्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले असन्तुष्टि व्यक्त गरेका छन्।
उनले भनेका छन्, ‘विदेशी मुलुकको राष्ट्रप्रमुख आउँदा बिदा दिने चलन ‘आउटडेटेड’ भइसक्यो। नयाँ, सिर्जनात्मक र राम्रो सोच्ने प्रवृत्ति झन्झन् ह्रास हुँदै गएको देख्छु।’
यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले पनि आफ्नो देशका राजालाई पाखा लगाएर विदेशी राजालाई सम्मान भनी कटाक्ष गरेका थिए।
114
Shares
प्रतिक्रिया