कतारी राजा शेख तमिम बिन हमाद अल थानी त्रिभुवन विमानस्थलबाट राष्ट्रपति भवन शीतलनिवास प्रस्थान गरेका छन्।
२ दिने राजकीय भ्रमणका सिलसिलामा नेपाल आइपुगेका उनलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो। विमानस्थलमा नेपाली सेनाबाट सम्मानगारतसँगै उनी शीतलनिवास गएका हुन्।
शीतलनिवासमा उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नेछन्।
75
Shares
प्रतिक्रिया