नेपाल भ्रमणमा रहेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीले आज (बुधबार) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दै छन्।
काठमाडौँस्थित होटल सोल्टीमा अहिले बिहान १०ः३० बजे दुवै देशका प्रतिनिधिमण्डलबीच हुने औपचारिक वार्ताका क्रममा केही द्विपक्षीय सम्झौता तथा समझदारीमा हस्ताक्षर पनि हुने कार्यक्रम छ।
त्यसपछि प्रधानमन्त्री प्रचण्डले कतारी अमिर शेखको सम्मानमा द्वारिकाज होटलमा दिवाभोज आयोजना गर्नेछन्।
कतारी राजा शेख दिउँसो १२:४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन् र स्वदेशका लागि उड्नेछन्।
राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा प्रतिनिधिमण्डलसहित मंगलबार काठमाडौँ आइपुगेका कतारी अमिर शेखले आएकै दिन साँझ राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका थिए।
यस क्रममा राष्ट्रपति पौडेलले उनको सम्मानमा रात्रिभोज आयोजना गरेका थिए।
Shares
प्रतिक्रिया