सहकारी पीडितहरूले सहकारी सम्बन्धी समस्या द्रुत प्रकृयाबाट समाधान गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयनमा ल्याउन गृहमन्त्री रवि लामिछानेसँग आग्रह गरेका छन्।
शुक्रबार सिंहदरबार पुगेका सहकारी पीडितहरूले सरकारको निर्णय छिटो कार्यान्वयन हुनेमा आशावादी रहेको बताएका हुन्।
गृहमन्त्री लामिछानेले सहकारीको समस्या जतिसक्दो छिटो समाधान गर्न आवश्यक रहेको भन्दै बिहीबारको मन्त्रिपरिषद् बैठकमा लिखित रुपमै पत्र पेश गरेका थिए। त्यसपछि मन्त्रिपरिषद् बैठकले यो समस्या द्रुत प्रकृयाबाट समाधान गर्ने निर्णय गरेको थियो।
उनीहरुसँगको भेटमा गृहमन्त्री लामिछानेले सहकारीका कारण नागरिकको घरबास उठ्ने अवस्था आएकाले आफुले त्यसलाई टुलुटुलु हेरेर बस्न नसकेको बताए।
अब सरकारले सहकारी ठगहरुको नाममा रहेको सम्पत्ति र उनीहरूले आफ्ना आफन्तका नाममा बनाएको सम्पत्ति बेचेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्नेगरी सरकारले काम गर्ने बताए।
Shares
प्रतिक्रिया