इलाम- २ का स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले उपनिर्वाचनको जारी मतदानबाट आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन्।
इलाम-२ को फाफफोकथुम-३ आमचोक मतदान केन्द्रबाट शनिबार बिहान मतदात गरेका सिंहले अहिले उत्साहका साथ मतदान जारी रहेको बताए।
‘सबैलाई आफूलाई मन परेको उम्मेदवारलाई निर्धक्क भएर मतदान गर्न मैले आग्रह गरिरहेको छु,’ मतदान केन्द्रबाटै उनले नेपालखबरसँग भने, ‘यो पटकको निर्वानबाट म अत्यन्तै उत्साहित छु। जनताले लोकतान्त्रिक बिधिबाट उम्मेदवार चयन गर्ने हुँदा जनताप्रति मलाई विश्वास छ।’
थेगिमले चुनाव चिह्न मुढा पाएका छन्। उनले दुर्गम भूगोल भएका कारण आजै मतगणना सुरु हुने सम्भावना कम रहेको पनि बताए।
156
Shares
प्रतिक्रिया