जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ।
पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने छ। बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिकाबारे छलफल हुनेछ।
यसअघि शुक्रबार बसेको बैठकमा विभिन्न तहगत समिति, निकाय, भ्रातृ संगठन, पेसागत संघ संगठनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने प्रस्ताव गरिएको निर्देशिका बैठकमा प्रस्तुत भएको थियो।
निर्देशिकाले जसपाका १ लाख ४६ हजार संगठित सदस्यमध्येबाट हजार जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुने प्रस्ताव गरेको छ।
जसपाको महाधिवेशन आगामी जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा हुँदै छ।
39
Shares
प्रतिक्रिया