इलाम क्षेत्र नम्बर २ मा आजै रातिबाट मतगणना सुरु हुने भएको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार आजै राति ११ बजेसम्म मतगणना सुरु हुनेछ।
उनका अनुसार अहिले मतपेटिका मतगणनास्थलमा ल्याउने काम अघि बढिसकेको छ।
‘इलाममा आज राति १० वा ढिलोमा ११ बजेपनि हुनसक्ने अनुमान छ। त्यतिबेलासम्म मतगणना हुने र आजैबाट त्यहाँ मतगणना प्रारम्भ हुनेछ,’ उनले भने।
बझाङ क्षेत्र नम्बर १ प्रदेशसभा (१)मा भने भोलि (आइतबार) बिहान १० बजेबाट मात्रै मतगणना सुरु हुने जानकारी गराए।
‘बझाङमा भोलिसम्म ल्याउनपर्ने मतपेटिकाहरू ल्याइसकिनेछ र त्यसपछि मतगणना प्रारम्भ हुनेछ।,’ उनले भने।
साथै, उनले मतगणना सुरु भएको १२ घन्टाभित्र अन्तिम मतपरिणाम निकाल्नेगरी काम गर्न निर्देशन गरिएको बताए।
‘मतपरिणाम प्रारम्भ भएको १२ घन्टाभित्र अन्तिम मतपरिणाम निकाल्नेगरी काम गर्न हामीले भनेका छौँ। एउटै मतगणनास्थलमा दुईवटा केन्द्र बनाएर मतगणना गर्न भनेका छौँ, त्यसो हुँदा १२ घन्टाभित्र सबै मतगणना भइसक्छ भन्ने हाम्रो अनुमान छ,’ उनले भने।
Shares
प्रतिक्रिया