निर्वाचन आयोगले अघिल्लो निर्वाचनको तुलनामा इलाम र बझाङ दुवै क्षेत्रमा कम मत खसेको जानकारी गराएको छ।
शनिबार भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताउँदै आयोगले सो डाटा जानकारी गराएको हो।
‘इलाममा २ र बझाङमा ३ प्रतिशत मत कम खसेको देखिन्छ,’ आयोगका सहप्रवक्ता रामदत्त पाण्डेयले भने।
मतदाता नामावली अद्यावधिक नभइसकेको र मतदाताहरू निर्वाचन क्षेत्रमा नभएको कारणले कम मत खसेको अनुमान गरिएको पाण्डेयले बताए।
सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृतलाई समयमै मतगणना गर्न निर्देशन दिइएको पनि उनले बताए।
उनका अनुसार इलाम क्षेत्र नम्बर २ मा आजै रातिबाट मतगणना सुरु हुने भएको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार आजै राति ११ बजेसम्म मतगणना सुरु हुनेछ।
बझाङ क्षेत्र नम्बर १ प्रदेशसभा (१)मा भने भोलि (आइतबार) बिहान १० बजेबाट मात्रै मतगणना सुरु हुने जानकारी गराए।
उनले मतगणना सुरु भएको १२ घन्टाभित्र अन्तिम मतपरिणाम निकाल्नेगरी काम गर्न निर्देशन गरिएको बताए।
Shares
प्रतिक्रिया