इलाम क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणना सार्वजनिक हुन थालेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रक्षात्मक स्टाटस लेखेका छन्।
इलाम बजारस्थित गौतम बुद्ध सभागृह (सिटी हल) मा अहिले मतगणना जारी छ।
जारी मतगणनामा अहिलेसम्म नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले अग्रता कायम राखेका छन्। उनलाई नेकपा एमालेका सुहाङ नेम्बाङले पछ्याइरहेका छन्।
हर्कले यहाँको निर्वाचनमा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमलाई समर्थन गरेका थिए। उनी पटक पटक इलाम पुगेरै चुनावी माहोल बढाएका थिए।
प्रारम्भिक परिणाममा थेगिम तेस्रो स्थानमा छन्। कांग्रेसका खड्काले ११४५ मत ल्याउँदा थेगिमले ३ सय १३ मत मात्रै प्राप्त गरेका छन्।
त्यसप्रति कटाक्ष गर्दै उनले लेखेका छन्, ‘हिरोको खेल लास्टमा आउँछ, १ हजार मत गन्दा किन रामाको?’
2.6k
Shares
प्रतिक्रिया