इलाम क्षेत्र नम्बर २ को जारी मतगणनामा तीनवटा वडाको मतगणना सकिएको छ। फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १, २ र ३ को मतगणना सकिएको हो।
जसमा नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काको अग्रता कायमै छ। खड्काले १६ सय ५८ मत प्राप्त गरेका छन्।
उनलाई नेकपा एमालेका सुहाङ नेम्वाङले १६ सय ३० मत प्राप्त गरेका छन्। उनीहरूबीच २८ मतको अन्तर छ।
तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बू छन्। उनले ४ सय ३० मत प्राप्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बू ३ सय ८ मत प्राप्त गरेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाए अनुसार, अहिले वडा नम्बर ४ को मत गणना भइरहेको छ।
दुई वटा ठाउँमा भइरहेको गणनामा वडा नम्बर ५ को पनि सुरु गरिएको छ।
11.4k
Shares
प्रतिक्रिया