बझाङ प्रतिनिधि सभा १ को प्रदेश सभा १ तर्फको उपचुनाव अन्तर्गत जारी मतगणनामा नेकपा एमालेका दमनबहादुर भण्डारीले अग्रता बढाउँदै लगेका छन्।
छबिसपाथीभेरा गाउँपालिकाका ७ वटै वडा र थलारा गाउँपालिकाको वडा नम्बर ९ का मत गणना भइसकेको छ।
एमालेका भण्डारीले २ हजार ६ सय ३८ मत प्राप्त गरेका छन्। उनलाई नेपाली कांग्रेसका अविशेक सिंहले २ हजार २४ मतसहित पछ्याइरहेका छन्। मतान्तर भने ६ सय १४ रहेको छ।
यहाँ नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढा तेस्रो छ। उनले १ हजार ३७२ मत ल्याएका छन्।
नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले ९६२ मत प्राप्त गरेका छन्।
बझाङ १ (१) मा जयपृथ्वी नगरपालिका, तलकोट गाउँपालिका, साइपाल गाउँपालिका, सुर्मा गाउँपालिका, मष्टा गाउँपालिका, छबिसपाथीभेरा गाउँपालिका र खप्तडछान्ना गाउँपालिका तथा थलारा गाउँपालिकाको वडा नम्बर ९ पर्छन्।
Shares
प्रतिक्रिया