इलाम क्षेत्र नम्बर २ कोे मतगणना जारी छ। आइतबार मध्यान्हबाट जारी मतगणना मध्यराती पनि जारी छ।
पछिल्लो विवरण अनुसार फाकफोकथुम सबै र चुलाचुली गाउँपालिकाको ३ वटा वडाको गणना सकिएको छ। चुलाचुली–१ मा पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिमले धेरै मत ल्याएका थिए।
एमाले उम्मेदवार सुहाङ नेम्वाङले ६ हजार ४ सय ८३ मत ल्याएर पहिलो स्थानमा अग्रता कायम राखिरहेका छन्।
उनलाई नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले पछ्याइरहेका छन्। उनले भने चार हजार ७सय ५० मत प्राप्त गरेका छन्।
उनीहरूबीचको मतान्तर १ हजार ७ सय तीन मतको रहेको छ।
थेगिमले २ हजार २ सय ९५ मत पाएका छन्। त्यस्तै, रास्वपाका मिलन लिम्बू चौथो स्थानमा छन्। उनले ९ सय १४ मत प्राप्त गरे।
672
Shares
प्रतिक्रिया