केही समयता मुलुकमा गणतन्त्रविरुद्ध राजावादीहरूको स्वर केही चर्काे सुनिन थालेको छ। समग्रमा तिनको नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गरिरहेको छ।
उनीहरूको होहल्लाले कतिपयलाई साँच्चै गणतन्त्रवादीको दिन सकिन लागेको त होइन भन्ने भान पनि परिरहेको छ।
तर इलाम २ मा भर्खरै सम्पन्न प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनले राजावादी पार्टी राप्रपाको हैसियत छर्लंग पारिदिएको छ।
गत शनिबार भएको मतदानको मत गन्ने क्रम जारी छ।
अहिलेसम्म १९ हजार १ सय ८१ मत गनिसक्दा राजावादी राप्रपाले जम्मा ४३ मत पाएको छ। इलाम–२ मा राप्रपाबाट लक्ष्मी गुरुङ उम्मेदवार छन्।
तर गणतन्त्रवादी दल एमालेले ७ हजार ६ सय ७७ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले ५ हजार ३ सय ९५ मत पाएको छ। यस क्षेत्रमा एमालेबाट सुहाङ नेम्बाङ र कांग्रेसबाट डम्बर खड्का उम्मेदवार छन्।
यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले ४ हजार ५८ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङ लिम्बुले १ हजार १ सय ६२ मत प्राप्त गरेका छन्।
Shares
प्रतिक्रिया