इलाम क्षेत्र नम्बर २ को मतगणना जारी रहँदा एमाले उम्मेदवार सुहाङले मतान्तर बढाउँदै लगेका छन्।
भर्खरै सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेदवार नेम्वाङले १० हजार ३ मत ल्याएर पहिलो स्थानमा अग्रता कायमै राखेका छन्।
उनलाई नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले पछ्याइरहेका छन्। खड्काले अहिलेसम्म ६ हजार ९ सय ४४ मत पाएका छन्।
उनीहरूबीचको मतान्तर ३ हजार ५९ छ। एमाले उम्मेदबार सुहाङले कांग्रेसका खड्कासँगको मतान्तर झन् बढाउँदै लगेका हुन्।
पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम तेस्रो स्थानमा छन्। मुढा चुनाव चिह्नमा उनले अहिलेसम्म पाँच हजार ५९१ मत पाएका छन्।
त्यस्तै, रास्वपाका मिलन लिम्बू चौथो स्थानमा छन्। उनले अहिलेसम्म १ हजार ४४३ मत ल्याएका छन्।
१ लाख १५ हजारभन्दा बढी मत भएको इलाम-२ मा ६९ हजार २ सय मत खसेको थियो। यो कुल मतदाता संख्याको ६० प्रतिशत हो।
अहिलेसम्म २४ हजार ७३८ मत गनेर सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
परिणाम छिटो दिन मत गणना स्थल बढाइएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
आज बिहानबाट ३ स्थानबाट इलाम २ मा मतगणना भइरहेको छ।
Shares
प्रतिक्रिया