इलाम क्षेत्र नम्बर २ को मतगणना लगभग अन्तिम चरणमा पुगेको छ। फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ, माई लगायतका वडाहरूको मतगणना सकिइसकेको छ।
अहिले देउमाई नगरपालिकाको मतगणना जारी छ। जस अन्तर्गंत वडा नम्बर ६ सम्मको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले १८ हजार १ सय ९६ मत पाएका छन्। त्यस्तै, उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले १२ हजार ३ सय ३९ मत प्राप्त गरेका छन्।
उनीहरूबीच ५ हजार ८ सय ५७ मतको अन्तर रहेको छ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ९ हजार ३३६ मत प्राप्त गरेका छन्। चौथोमा रहेका रास्वपा उम्मेदवार मिलन लिम्बूले भने ३ हजार ६७ मत प्राप्त गरेका छन्।
अहिलेसम्म ४४ हजार ३ सय ७३ मत गणना भइसकेको छ भने ५ सय ९९ मत बदर भएको छ।
864
Shares
प्रतिक्रिया