इलाम क्षेत्र नम्बर २ को मतगणना लगभग अन्तिम चरणमा छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, अहिले तीन वटा स्थानबाट धमाधम मतगणना चलिरहेको छ।
इलाम नगरपालिकाको मतगणना जारी छ। ५२ हजार २ सय ७३ मतगणना हुँदा नेकपा एमालेका सुहाङ नेम्बाङले आफ्नो मतान्तर फराकिलो बनाएका छन्।
कूल १ लाख १५ हजार ८ सय ८९ मतादाता रहेको यो क्षेत्रमा ६९ हजार २ सय ८७ जना मतदाता निर्वाचनमा सहभागी भएका थिए।
तीमध्ये अहिलेसम्म २१ हजार ३ सय ८० मतदाताले सुहाङलाई मतदान गरेको पाइएको छ। नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्का १४ हजार ७ सय ५२ मत प्राप्त गरेका छन्।
उनीहरूको मतान्तर ६ हजार ५ सय २८ मतको रहेको छ।
फाकफोकथुम, माङसेबुङ, चुलाचुली, माई, देउमाई र इलाम नगरपालिका वडा नम्बर १ र २ को मत गणना सकिइसकेको छ।
फाकफोकथुम गाउँपालिकाबाट सुरु भएको मतगणनाको सुरुवाती चरणमा खड्काले अग्रता लिएका थिए। तर, सोही पालिकाको वडा नम्बर ४ को गणनादेखि निरन्तर अग्रता लिएका सुहाङले मतान्तर पनि बढाएका थिए।
तर, इलाम नगरपालिकाभित्र छिरेपछि पनि सुहाङभन्दा डम्बरले मत बढाउन थालेका छन्।
त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले १० हजार १ सय ४६ र रास्वपा उम्मेदवार मिलन लिम्बूले ३ हजार ६ सय ९ मत पाएका छन्।
फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ, देउमाई, माईको ६,७,८ र इलाम नगरपालिकाको वडा नम्बर १० बाहेकका सबै वडा यो क्षेत्रमा पर्छन्।
उपनिर्वाचनमा खसेको ६० प्रतिशतमध्ये ३५ हजार १ सय २५ जना पुरुष र ३४ हजार १ सय ५० जना महिला र अन्य २ जना सहभागी थिए।
यहाँ १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन्।
Shares
प्रतिक्रिया