गत शनिबार भएको उपनिर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले इलाम नगरपालिकाको मतगणना हुँदैछ।
यहाँका १२ मध्ये यो निर्वाचन क्षेत्रमा ११ वटा मात्रै समेटिन्छन्। बाँकी ११ मध्ये ४ वटाको गणना भइसकेको छ।
सदरमुकाम इलाम बजारसमेत पर्ने यो नगरपालिकामा कूल ३४ हजार ४५ मतदाता छन्। बजार क्षेत्र पर्ने भएकाले रास्वपाले यो क्षेत्रबाट घण्टीमा भोट खस्ने आकलन गरेका थिए।
तर, सोचेको जस्तो भइदिएन्। यहाँका अहिलेसम्म गणना भएका ४ वटा वडामा पनि रास्वपाले उल्लेख्य मत पाउन सकेको छैन।
रास्वपा उम्मेदवार मिलन लिम्बूले यी चार वटा वडामा ३ सय ५५ मत प्राप्त गरेका छन्। यी वडाबाट सदर भएको ६ हजार ४ सय ७३ मतमध्ये लिम्बूलाई करिब ५ प्रतिशतमात्रै मत खसेको देखिन्छ।
यहाँ खसेको मतमध्येको सबैभन्दा धेरै एमालेकै उम्मेदवार सुहाङ नेम्वाङलाई खसेको छ। उनी २ हजार ५ सय २९ मतसहित पहिलो स्थानमा छन् भने कांग्रेसका डम्बर खड्का २ हजार ७ सय ९३ मतसहित दोस्रो स्थानमा छन्।
उता बजार क्षेत्र (मंगलबारे)बाट भने रास्वपाले केही मत बढाएको थियो। फाकफोकथुम, माङ्सेबुङ, चुलाचुली लगायतका क्षेत्रमा लिम्बू चौथोमै रहे।
Shares
प्रतिक्रिया