इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङको जित निश्चित भएको छ।
यहाँ अब दुईवटा मत गणना सकिन बाँकी छ। बाँकी ४० वटाको मतगणनाको परिणाममा बाँकी रहेको मतभन्दा धेरै मतान्तर बनाएसँगै सुहाङले आफ्नो जित सुनिश्चित गराएका हुन्।
पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्बाङले २६ हजार मत कटाएका छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले २० हजार मत ल्याएका छन्।
अहिले इलाम नगरपालिकाका ११ र १२ को गणना भइरहेको छ। इलामका १२ मध्ये यो निर्वाचन क्षेत्रमा ११ वटा मात्रै समेटिन्छन्।
सुहाङले यहाँ २६ हजार ४० मत पाउँदा कांग्रेसका खड्काले २० हजार १६ मत पाएका छन्। उनीहरूबीच ६ हजार २४ मतको अन्तर छ।
स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिम ११ हजार २ सय २३ मत पाएका छन्।
276
Shares
प्रतिक्रिया